रुपन्देही– २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४६ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रकाउ पर्नेमा दाङ राप्ती गाउँपालिका–६ घर भई देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने हिमाल खड्का रहेका छन् । उनलाई प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीमाथि सोही ठाउँस्थित दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा युवतीलाई जबरजस्ती करणी गरेको आरेप छ । यससम्बन्धमा प्रहरीले थप आवश्यक छानबिन गरिरहेको जनाएको छ ।