काठमाडौं – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्ने छ ।


ADVERTISEMENT


खेल राति पौने १० बजे मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपाली टिम श्रीलङ्कासँगको आजको खेलमा पनि जित निकाल्ने लक्ष्यमा छ । तर, बलियो टिम श्रीलङ्काविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन ।


ADVERTISEMENT

# # #


नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अङ्क जोडेर शीर्ष स्थानमा छ ।