काठमाडौं – यती एयरलाइन्सबाट दशैं, तिहार र छठमा यात्रा गर्दा स्कुटरदेखि हिरासम्मका उपहार पाइने भएको छ । दशैं, तिहार र छठलाई लक्ष्य गर्दै यतीले यात्रुहरुका लागि उपहार योजना ल्याएको हो।


ADVERTISEMENT


यती एयरलाइन्सले २३औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दसैं तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार ल्याएको हो। उक्त योजनामा पहिलो हुनोलाइ यमाहाको फेसिनो १२५ एफ आई स्कुटर, दोस्रोलाई दुबई जानेरआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने कम्पनीले बताएको छ।


ADVERTISEMENT

# # #


यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यतीमार्फत यात्रागर्ने सबैमा लागू हुनेछ। प्रथम पुरस्कारको प्रायोजन यमाहाको आधिकारीक बिक्रेता एम ए डब्लु, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार बालाजी डाइमण्ड प्रालिले प्रायोजन गरेको हो।

यो अफरमा सहभागी हुन विमानस्थलमा चेक ईन गर्दा वोर्डिङ पाससँगै प्रदान गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ। एकतर्फी यात्रा गर्दा एकवटा मात्र कुपन पाइने छ।

एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै दुई वटा कुपन पाइने कम्पनीको भनाई छ। दुईतर्फी यात्रा गर्दा एकैजनाले चार वटा लक्की ड्र कुपन पाउनेछन्।

यतीको जहाजबाट जतिधेरै यात्रा गर्यो त्यति नै धेरै उपहार जित्ने सम्भावना रहने प्रवक्ता सुदर्शन बर्तौलाले बताए । असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्धितीय र तृतीय विजेता छुट्याइनेछ। विजेताको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने एयरलाइन्सले जनाएको छ।