काठमाडौं – नेपाली कांग्रेसका नेता नैन सिंह महर एवं नेता भीम कुमार गौतम लगायतका नेताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई शिक्षा र स्वस्थ्यमा राज्यको पूर्ण स्वामित्व बनाउन ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालमा गरीब जनताहरु शिक्षार स्वास्थ्यको पहुँचबाहिर पुगिरहेको बेला नेता महर लयायतका नेताहरुले अर्थमन्त्रीलाई यस्तो ध्यानाकर्षण गराएका हुन् ।

सरकारी अस्पताल र सरकारी शिक्षालयको दुरावस्थाका कारण नेपाली जनताले दुख पाइरहेका छन् ।

अर्कोतिर शिक्षा र स्वस्थ्यमा राज्यको पूर्ण स्वामित्व नहुँदा महँगीको चपेटामा नेपाली जनता पर्दै आएका छन् ।

शिक्षा र स्वस्थ्यमा राज्यको पूर्ण स्वामित्व हुने हो भने नेपाली जनताले सुख पाउने नेता महरले बताए ।

नेता गौतमले नेपाली जनता सँधै गरिबीको चपेटामा परेको नै शिक्षा र स्वस्थ्यमा राज्यको पूर्ण स्वामित्व नहुनाले भएको बताए ।