पाँचथर – स्वास्थ्यकर्मीको लापरबाहीका कारण उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल पाँचथर तनावग्रस्त भएको छ।


ADVERTISEMENT


पीडितपक्षले अकारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भिडले अस्पतालमा ढुङ्गामुढासमेत गरेको छ।


ADVERTISEMENT

# # #


उनीहरुले स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बतााएका छन् ।

पीडित पक्षले बुधबार साँझ अस्पतालमा ढुङ्गा मुढा गरेको हो। ढुङ्गा मुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ।

ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा लाठीचार्ज गरेको छ। अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ। समस्या समाधानका लागि बिहानदेखि नै निरन्तर संवाद हुँदै आएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन।

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको बुधबार बिहान मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो।