काठमाडौँ– कोशी कोरिडोरको विद्युत प्रसारण लाइन निर्माण कार्य सम्पन्न भएको छ । छिमेकी मुलुक भारतको सहकार्यमा


ADVERTISEMENT


१.२२० केभि डबल सर्किट क्षमता भएको उक्त कोशी कोरिडोर विद्युत प्रसारणलाइन छिमेकी मुलुक भारतको सहकार्यमा सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार मा सम्पन्न भएको उक्त विद्युत प्रसारणलाइनबुधवार एक समारोहबीच कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई हस्तान्तरण समेत गरे ।

१०६ किमि लामो सो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल नेरु १०.४ अर्ब (८६.८ मिलियन अमेरिकी डलर) लागतमा निर्माण भएको हो ।

समारोहमा बोल्दै नियोग–उपप्रमुख खम्पाले भारत उर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको बताएकी थिइन् । साथै उनले नेपालमा विद्युत परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत प्रसारणलाइनको निर्माण गर्न र दुई देशबीच विद्युत व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको पनि उल्लेख गरिन् ।

उक्त कार्यक्रममा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो ।