सुनसरी– प्रतिनिधि सभा सदस्यका लागि सुनसरी निर्वाचन क्षेत्र नं। ३ मा बाम गठवन्धनका तर्फवाट उम्मेदवारी दिएकी भगवती चौधरीले आफूलाई अवसर दिएमा सुनसरीलाई आर्थिक समृद्धी गरी देशको उदाहरणीय आर्थिक नमुनाका केन्द्र वनाउने बताएकी छन् ।


ADVERTISEMENT


चुनावी अभियानको क्रममा बोल्दै उनले नेपाली जनताले आफूलाई अवसर दिएमा क्षेत्रको आर्थिक समृद्धिमा आफ्नो भूमिका केन्द्रित रहने बताएकी हुन् ।


ADVERTISEMENT

# # #


चुनावी अभियानका क्रममा जनतासँग घरदैलो कार्यक्रममा सकृय रहेकी चौधरी आफूसँग देश विदेशका अनुभव रहेको र विकासका एकसे एक योजना आफूसँग रहेकाले आफूले काम गर्ने अवसर पाएमा यस क्षेत्रको हरेक क्षेत्रमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, उधोग कल कारखाना, रोजगारीका क्षेत्रमा आमुल परिवर्तण गरी जनताको सहज जिविकोपार्जनका लागि आफूले काम गर्ने बताइन् ।

उनले देशको विकासको लागि उधोग कल कारखानालाई सञ्चानमा ल्याउन उधोगीहरुको उचित वातावरण वनाउने, श्रमीकहरको हक र अधिकार समेत उचित ख्याल गर्ने का नेकपा एमालेले गरेको हुदाँ आउदा दिनका समेत त्यसको वढावा वा कदर गर्नेमा जोड दिइन् ।

चौधरीले अगाडी थप्दै कृषि क्षेत्रलाई व्यवसायिकीकरण गरी किसानहरुलाई प्रोत्साहित गर्ने, महगो शिक्षालाई सर्वशुलभ वनाउनका लागि शिक्षा निति तयार गर्ने र प्राविधिक शिक्षालाई सव्रको पहुँच वनाउने र हरेक गाँउमा डाक्टर ईन्जिनियर उत्पादन गर्ने दोहोर्याइन् । गाँउ गाँउका कच्चीवाटो लाई ग्राभेलवनाउने र ग्राभेल भएको वाटोलाई कालोपत्रे गर्ने तथा क्षेत्र नं. ३ मा रीङ्ग रोड निर्माण गर्ने समेत प्रतिवद्धता जनाउनु भइन् ।

नेपाली जनताले ३ पटक वहुमत दिएर जिताए पनी काँग्रेसले जनताको मतको अवमुल्यन गरेको भन्दै उनले यस पटक वाँम गठवन्धनले केन्द्र र प्रदेशको सरकार वनाउने पक्का भई सकेकोले नेपाली जनता आफूलाई कुनै पनि हालतका विर्सन नसक्ने दावी गरिन्् ।