काठमाडौं – साधना लघुवित्त वित्तीय संस्थाले  ९३ औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका  वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


साधनाको नयाँ शाखा  शनिबार नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले  उद्घाटन गरेका हुन्।


ADVERTISEMENT

# # #


नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाटसमेत  वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५% बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५% गरी जम्मा २६.३१५७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चाहेको छ ।

सो पारित गर्न साधनाले कात्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । राष्ट्रिय स्तरको साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । उसले देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।