काठमाडौं – करीब २० महिनासम्म रोकिएको दक्षिण कोरियामा पुन: नेपाली श्रमिक जान पाउने भएका छन् । दक्षिण कोरियामा नेपाली कामदारका लागि वैदेशिक रोजगारीकोआकर्षक गन्तव्य मानिन्छ ।
दक्षिण कोरियामा लामो समयपछि कामदार पठाउने काम सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्।
पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार क्रमशः पठाइने उनीहरूको भनाइ छ।
लामो समयपछि प्रक्रिया सुरु भएसँगै कोरिया जान पाउने आशा बढेको कोरिया जाने पर्खाइमा रहेका कामदारहरूले बताएका छन्।