काठमाण्डौं-दाङका अग्रज कम्युनिष्ट नेता फणिन्द्र घिमिरेको निधन भएको छ । क्यान्सरबाट पीडित घिमिरेको बिहीबार दिउँसो घोराही–१७ बर्गदीस्थित घरमै निधन भएको हो । २०१३ सालमा जन्मिएका घिमिरे आजीवन कम्युनिष्ट पार्टीमै रहे । शिक्षण पेसाबाट निवृत्त भइसकेपछि राजनीतिक कार्यकर्ताको रुपमा रहँदै आएका उनले जनयुद्धको शुरुवाती समयमा केही महिना जेल जीवनसमेत बेहोरे ।


ADVERTISEMENT


पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनमा सहभागी भएर दाङ क्षेत्रका किसान आन्दोलनलगायत जनपक्षीय काममा लागेका घिमिरे जनयुद्धको शुरुवातसँगै माओवादी पार्टीमा आबद्ध भएका थिए । विभिन्न कालखण्डमा शिक्षक संगठन, बुद्धिजीवी संगठन, किसान संगठनमा समेत बसेर काम गरेका उनी पछिल्लो समय नेकपा माओवादी केन्द्र दाङका सल्लाहकार थिए ।


ADVERTISEMENT

# # #


घिमिरेको बिहीबार नै सिस्ने खोला र कटुवा खोलाको दोभानमा दाहसंस्कार गरिएको छ । माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा, दाङ २ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका नेता शंकर पोख्रेलले घिमिरेलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।