काठमाण्डौं-एएफसी एसियन कप २०१९ फुटबल छनोट खेल्न फिलिपिन्सको राष्ट्रिय टोली बिहिबार काठमाडौं आइपुगेको छ ।


ADVERTISEMENT


मंगलबार ललितपुर एन्फा कम्प्लेक्समा हुने खेलका लागि फिलिपिन्सको राष्ट्रिय टोली नेपाल आइपुगेको हो । यसअघि नै छनोट चरणबाट बाहिरिसकेको नेपालले फिलिपिन्ससँग प्रतिष्ठाका लागि खेल्नेछ । यता अखिल नेपाल फुटबल संघ एन्फाले भने फिलिपिन्ससँग खेल्ने नेपाली टोली अहिलेसम्म घोषणा गरेको छैन ।


ADVERTISEMENT

# # #


यद्यपी स्ट्राइकर अनिल गुरूङले आफ्नो पचासौं अन्तर्राष्ट्रिय खेलसँगैं फुटबलबाट सन्यास लिने यसअघिनै घोषणा गरिसकेका छन् । एएफसी एसियन कपको समूह ‘एफ’ अन्तर्गत चौथो खेलमा ताजिकिस्तानसँग ३–० ले पराजित भएसँगै नेपालको अघिल्लो चरणको यात्रा सकिएको थियो ।