काठमाण्डौं- थाईल्याण्डमा नोभेम्बर २० देखि सुरु हुने आईसीसी वुमन ट्वान्टी–२० को एसियाली छनोट खेलको तयारीका लागि नेपाली महिला टोली आज बंगलादेश जाँदैछ ।
नेपाली टोलीले बंगलादेशमा ९ दिनको अभ्यास गर्ने कार्यक्रम छ । १६ दिन घरेलु मैदानमा आन्तरिक अभ्यास गरेको महिला टोली वैदेशिक अभ्यासका लागि बंगलादेश जान लागेको हो । टोली आज साँझ ढाका प्रस्थान गर्ने क्यानका कार्यक्रम अधिकृत छुम्बी लामाले जानकारी दिईन । ९ दिनको अभ्यासपछि नेपाली टोली ढाकाबाटै आयोजनास्थल बैङ्कक जानेछ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको टोलीले नोभेम्बर २० मा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले नोभेम्बर २१ मा हङकङ, २३ मा युएई र २६ नोभेम्बरमा चीनसँग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष टोलीले महिला टि–२० विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् । -आजको कान्तिपुरबाट


ADVERTISEMENT