काठमाण्डौं-दुर्घटनामा मृत्यु भएकाहरुको आत्मशान्तिका लागि भन्दै बिहीबार साँझ राजमार्गका युवाहरुले घटनास्थलमै दीप प्रज्वलन र मौनधारण गरे । बिहीबार तेह्रौं दिनको पुण्यदिनका अवसर पारेर राजमार्गका युवाहरुले घटनास्थलमा वटुकहरुद्वारा स्वस्तीवाचन, शान्तिहोम र मैनबत्ति बालेर एक मिनेट मौनधारण गरेका थिए ।


ADVERTISEMENT


गत ११ गते शनिबार बिहान साढे पाँच बजे सप्तरीको राजविराजबाट आएको वा ६ ख १४६७ नम्बरको सन्देश ट्राभल्सको यात्रुबाहक बस गजुरीस्थित घाटबेंसी वाङ्गेमोडमा त्रिशूलीमा खस्दा एकै परिवारका ८ सहित ३४ जनाको ज्यान गएको थियो भने १६ जनाको जिवितै उद्धार गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा उपस्थित वैरेनीस्थित ६ नम्बर वाहिनीपति सुदर्शनविक्रम राणा, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीलगायतसँग आयोजक युवाहरुले राजमार्ग सुधार गर्नु पर्ने, राजमार्ग छेउका पर्खाल र जालीहरु मर्मत गरिनु पर्ने, नालीसफा हुनु पर्ने, घुम्तीमोडहरुमा ऐना राखिनु पर्ने, विभिन्न स्थानमा चालक रिफ्र्रेसर सेन्टरहरुको स्थापना गरिनु पर्नेलगायत माग राखेका थिए ।