काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका छन् । खड्काले उपयुक्त समयमा चीन भ्रमण गर्ने जवाफ दिएका छन् ।


ADVERTISEMENT


सरकारले हुम्लाको नाम्खादेखि हिल्सासम्म सीमा समस्याका विषयमा अध्ययन गर्न छानबिन समिति गठन गरेपछि विभिन्न आशंकाबीच दुई परराष्ट्रमन्त्रीहरूबीच कुराकानी भएको हो ।


ADVERTISEMENT

# # #


सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा १६ भदौमा सीमा छानबिन टोली गठन गरेको थियो । टोलीले १० असोजमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

टोलीले चीनबाट नेपालमा सीमा अतिक्रमण नभएको, तर सीमा क्षेत्रमा सीमा समस्या रहेको निष्कर्ष निकालेको गृह स्रोतले जानकारी दिएको छ ।