काठमाडौं – मुलुकका विभिन्न भागमा भारी वर्षासँगै बाढीपहिरोमा परी १६ जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


पहिरोले घर पुर्दा, घर भत्किँदा र बाढीले बगाएर १६ जनाको मृत्यु भएको जिल्लास्थित संवाददाताले जनाएका हुन्। बझाङमा पहिरोले घर पुरेपछि २३ जना बेपत्ता छन्।


ADVERTISEMENT

# # #


वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्।

बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्। समाचार नागरिक दैनिकबाट ।