मोरङ – अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ। केशलिया खोलामा आएको बाढी विमानस्थलमा पस्दा डुबान भएको हो।


ADVERTISEMENT


धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ। विमानस्थल डुबानमा परेपछि उडान हुन सकेको छैन।


ADVERTISEMENT

# # #


मंगलबार पनि लगातारको वर्षाका कारण उडान प्रभावित हुँदा सर्वसाधारण यात्रुहरु समस्यामा परेका थिए।