नारायणगढ – पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यहाँ यही ६ र ७ गते र्‍यालीआयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल र्‍यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य सङ्घ परिसरबाट सौराहासम्म हुने जनाइएको छ ।


ADVERTISEMENT


कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन साइकल र्‍याली हुनेछ । यसैगरी दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर र्‍याली हुने भएको छ । उक्त र्‍यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ । र्‍याली गैँडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको सो सङ्घका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ ।


ADVERTISEMENT

# # #


सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ । रासस