काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला  ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार हुनेछ जुन सोमबार प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला  १० ले बढेर एक हजार २३५ रुपैयाँ पुगेको छ । चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।