काठमाडौं – बाढीपहिरोबाट पीडित परिवारलाई राहत उपलब्ध गराउन नेपाली कांग्रसले सरकारसँग माग गरेको छ। कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई राहत, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।


ADVERTISEMENT


केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानको कारणले देशका विभिन्न जिल्लाहरुमा जनधनको क्षति भएको छ भने जनजीवन अस्तव्यस्त भएको छ।


ADVERTISEMENT

# # #


कांग्रेसले बुधबार जारी गरेको विज्ञप्ति भनिएको छ, ‘गम्भीर रुपले प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पुर्याउँदै पहिरो एवं डुबानमा पर्नसक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ।’ अन्नपूर्णपोष्टबाट ।