एजेन्सी – चीनले जुलाई र अगस्ट महिनामा नयाँ हाइपरसोनिक हतियारको दुईवटा परीक्षण गरेको फाइनान्सियल टाइम्स पत्रिकाले खबर दिएको छ ।


ADVERTISEMENT


यसका कारण आफ्नो भूराजनीतिक प्रतिस्पर्धीको सैन्य क्षमता बढिरहेको भनी अमेरिका चिन्तित भएको छ । फाइनान्सियल टाइम्सले बिहीवार छापेको खबरअनुसार, बेइजिङले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाइड भेहिकललाई पृथ्वीको परिक्रमा गराएर लक्ष्यतर्फ पठाएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि अगस्ट १३ मा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो । यो क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारीहरूलाई स्तब्ध बनाएको फाइनान्सियल टाइम्सको ताजा खबरमा उल्लेख छ ।

अमेरिकाका वैज्ञानिकहरूले हाइपरसोनिक हतियारको क्षमतालाई बुझ्न नसकिरहेको र अमेरिकासँग अहिले त्यस्तो क्षमता नभएको समाचारमा लेखिएको छ ।

अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले चीनको आणविक हतियार क्षमताको पछिल्लो प्रगति तथा हतियार बोक्ने प्रणालीमा आएको नवीनताले राष्ट्रपति जो बाइडनलाई अत्यन्तै चिन्तित तुल्याएको बताए ।