ललितपुर – ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित एक  हस्तकला कारखानाबाट दिउँसै नगद करिब १७ लाख ८४ हजार ४ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।


ADVERTISEMENT


प्रहरीका अनुसार नुवाकोट दुप्चेश्वर घर भएका सुशील बिकको हेण्डिक्राफ्ट हस्तकला कारखानाबाट बुधबार दिउँसो सो धनमाल चोरी भएको हो ।


ADVERTISEMENT

# # #


चोरी भएका सामग्रीमा नगद १ लाख ५० हजार रूपैयाँ र चाँदीका विभिन्न गरगहना रहेको महानगरीय प्रहरी ललितपुरले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिररहेको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।