हेटौँडा – पाँच दलको संयुक्त गठबन्धनले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा समाजवादी पार्टीका बाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई बनाउने भएको छ । विपक्षी दलका नेता शालिकराम जमकट्टेलले संयुक्त गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।


ADVERTISEMENT


बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । नेकपा एमालेकी शाक्यले प्रदेशसभामा विश्वासको मत नपाउने निश्चित रहेसँगै पाण्डे मुख्यमन्त्री बन्ने छन् ।


ADVERTISEMENT

# # #


बाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।