काठमाडौँ – नेपालमा बिहीबार थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ६ हजार ५ सय ८६ पिसिआर परिक्षणका क्रममा ४ सय ७० जना र १ हजार ९ सय ६३ एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा ११ हजार ३ सय २६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै ७ सय २६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८४ हजार ८८१ जना कोरोनामुक्त भएका छन् । हाल ११ हजार ३ सय १५ सक्रिय संक्रमित आइशोलेशन र २२५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।