काठमाडौँ– सुस्मिताको स्वरमा ‘पराईको आगनी’ फिमेल भर्सन सार्वजनिक भएको छ ।
यसअघि गायक शरद सरद तामाङले गाएको उक्त गीत सुस्मिताको स्वरमा फिमेल भर्सनमा पारिजात नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
विवेक लोप्चनको संगीत, पाल्साङ लोप्चनले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन गरेका छन् । बिग परिवेश र पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई लाई मिक्सिङ भने मनोज डङ्गोलले गरेका छन् ।
आशिष जिम्बाले छायांकन, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोमा तिर्थमान पाख्रिनको कथा र कन्सेप्ट रहेको छ । आर बी लामाले निर्देशन गरेको भिडियोमा बिजय स्याङ्बो तामाङ, अनु तामाङ र सुनिता रुम्बाको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस् :