काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले एकै दिन शनिबार देशभरका ६ हजारभन्दा बढी वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।


ADVERTISEMENT


एमालेले देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन एकसाथ गर्ने घोषणा गरे पनि बाढी–पहिरो र डुबान प्रभावित जिल्लाका वडामा भने तत्कालका लागि वडा अधिवेशन स्थगित गरेको छ ।


ADVERTISEMENT

# # #


एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बाढी–पहिरो प्रभावित जिल्लाका वडा अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरिकै वडा अधिवेशन एकैसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरे । सचिव तामाङले देशभर भएका वडा अधिवेशनले सबै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको बताएका छन् ।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच सदस्यीय पदाधिकारीसहित वडा कमिटी चयन गरेको छ । गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ भने उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिकाका वडामा ५१ सदस्यीय कमिटी गठन हुनेछ ।