काठमाडौं – स्वास्थ्य सेवा विभागले महानिर्देशकको जिम्मेवारी डा दीपेन्द्ररमण सिंहलाई  दिएको छ।


ADVERTISEMENT


आइतबार स्वास्थ्य मन्त्रालयमा कार्यरत डा सिंहलाई  विभागको महानिर्देशकको जिम्मेवारीको पत्र दिइएको हो।


ADVERTISEMENT

# # #


डा सिंहलाई आज महानिर्देशकको पत्र दिइएको मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।

विभागका निमित्त महानिर्देशक डा आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो।

डा बिच्छाको सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ।

यसरी सेवा थप गरेका कर्मचारीलाई कार्यकारी जिम्मेवारी दिन पाइँदैन। सोही कारण मन्त्रालयले विभागको महानिर्देशकमा डा सिंहलाई पठाएको हो।