एजेन्सी – भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतले चीनले दक्षिण एसियामा लगानी गर्दा यहाँको राजनैतिक स्थिरतामा गढबढी आउने बताएका छन् ।


ADVERTISEMENT


शनिबार उनले चीनको शक्ति हासिल गर्ने विश्वस्तरीय महत्वाकांक्षाका कारण दक्षिण एशियाको स्थिरतामाथि नै खतरा आएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


चीनको महत्वाकांक्षालाई उनले  ‘सर्वव्यापी खतरा’ भएको समेत बताएका छन् ।

जनरल रावतले एक उदाउँदो विश्व शक्तिको रुपमा आफ्नो स्थितिलाई बलियो बनाउन लागि चीन दक्षिण एशिया र हिन्द महासागरमा आफ्नो व्यापक उपस्थिति बनाउँदैछ । उनले सो कुरा प्रथम रविकान्त सिंह मेमोरियल लेक्चरमा बताएका हुन् ।

उनले भने, ‘हामीले देखिरहेका छौं कि यो क्षेत्रमा आफ्नो हितको पूरा सुरक्षा प्रदान गर्नका लागि चीनद्वारा भू–रणनीतिक स्पर्धाको साथै भारी लगानी गरिँदैछ । यो क्षेत्रमा आफ्नो रणनीतिक प्रवेशका लागि चीनले नेपाल, श्रीलङ्का र माल्दिभ्समा उल्लेखनीय लगानी गरेको छ । यसबाहेक हालैका दिनमा उसले बंगलादेश र म्यानमारलाई पनि भारी सैन्य सहायता पनि दिएको छ ।’

जनरल रावतका अनुसार म्यानमार र बंगलादेशमा चीनको घुसपैठ भारतको राष्ट्रिय हितका लागि ठिक छैन किनभने यो भारतलाई घेर्ने प्रयास छ । उनका अनुसार यसकारण दक्षिण एशियाको स्थिरतामा खतरा पैदा भएको छ । उनले भने, ‘भारतविरुद्ध पाकिस्तान प्रायोजित आतंकवाद र गैर सरकारी संगठनको गतिविधि दुबै देशबीच शान्ति प्रक्रियामा बाधा हो । चीनसँग पाकिस्तानको विभिन्न क्षेत्रमा साँठगाँठ पनि भारतविरुद्ध हो ।’