काठमाडौँ– छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT


सर्लाही, ईश्वरपुर नगरपालिका-६ बयलवास चोकस्थित सडकमा बीआर ३० एम ९९३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएकी ३५ वर्षीया महमुदा खातुनको शनिबार साँझ ज्यान गुमाएकी हुन् ।


ADVERTISEMENT

# # #


उक्त मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको गोदावरी हस्पिटल बयलवासमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरि, झापा, कन्काई नगरपालिका–९ लक्ष्मीपुरस्थित सडकमा प्रदेश १–०१–००१ ख ३५२० नम्बरको ट्रक र मे.५ प ८४७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुन्धारा नगरपालिका–३ बस्ने २७ वर्षीय निश्चल खनालको पनि मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमाउपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रुपन्देही, बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित सडकमा लु.१ झ २८७ नम्बरको एम्बुलेन्स र लु।२४ प ३९८७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका(३ बस्ने गुल्मी घर भएका २४ वर्षीय अनमोल थापा क्षेत्री र मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका(४ बस्ने ३५ वर्षीय निशान क्षेत्री रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।