काठमाडौँ– प्रहरीले तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


प्रहरीले शनिवार प्राप्त गोप्य सुचनाका आधारमा छुट्टाछुट्टै स्थानबाट २३ जनालाई प्रकाउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा दाङ, तुलसीपुर उपमहानगरपालिका दुधेनाबाट सात जना, सोहि उपमाहानगरको दोघरेबाट १२ जना र झापा, शिवसताक्षी नगरपालिकाबाट ४ जना रहेका छन् ।

यस सम्बन्धमा उनीहरु माथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।