ललितपुर– ग्लोबल आइएमई बैंक लिमिटेडले मंगलबजारमा पनि आफ्नो शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


बैंकले आइतबारदेखि ललितपुर जिल्लाको मंगलबजारस्थित आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या दुई सय ८२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्य लिएको ग्लोबलले हालसम्ममा ७६ जिल्लामा आफ्नो २८२ शाखा विस्तार गरिसकेको छ ।

यस्तै बैंकलले उक्त जिल्लाहरुमा कुल २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

यसैगरि, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पर्‍याउँदै आएको छ ।