काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजको झण्डै देशका ५० सहरी क्षेत्रमा सेवा विस्तार भइसकेको छ ।


ADVERTISEMENT


छिट्टै देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने योजना बनाएको दराजले हालसम्ममा देशका ४७ भन्दा बढि सहरी क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरेको हो ।


ADVERTISEMENT

# # #


यससंगै आगामाी दिनहरुमा ग्रामीण भेगमा पनि आफ्नो सेवा सुविधा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

गत सन् २०१८ सालमा अलिबाबाद्वारा कम्पनीको अधिग्रहण पछि,एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न लिएको दराजले यस मार्फत केवल देशभर आफ्नो पदचिह्न बढाउन सफल मात्र नभई देशमा एक राम्रो ई–कमर्स पारितंत्रको निर्माणमा मद्दत मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

र, हाल दराजले नेपालका झण्डै ५० सहरहरूमा आफ्नो डेलिभरी सेवा विस्तार गरिसकेको सन्दर्भमा यसको सम्भाव्यता उच्च रहेको कम्पनीको भनाई छ ।