काठमाडौं – गरिमा विकास बैंकले मेरो सेयर बचत खातामा उच्चतम छ प्रतिशत बार्षिक ब्याजदर प्रदान गरेको छ ।


ADVERTISEMENT


सेयरको कारोबार गर्ने ग्राहकलाई सुविधा दिने हिसाबले गरिमाले  मेरो सेयर बचत खातामा उच्चतम ब्याज दिन लागेको हो ।


ADVERTISEMENT

# # #


सो बचत खातामा निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाईल बैकिङ्ग, निःशुल्क ईन्टरनेट बैंक साथै अन्य सुविधाहरु उपलब्ध रहेको गरिमाले जनाएको छ ।

सो मेरो सेयर बचत खाता अनलाईनबाट अथवा नजिकैको शाखा कार्यालयबाट बच्चादेखि बृद्ध सबैले  खोल्न सकिने र खातामा उल्लेखित सुविधाहरु लिन सकिने गरिमाले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

अन्य बैंकमा डिम्याट खाता छ भने पनि मेरो सेयर बचत खाता खोली उच्चतम ब्याजदर तथा अन्य सुविधाहरु लिन सकिने छ ।

साथै, गरिमा विकास बैंकले हाल सबै खाले व्यक्तिगत मुद्धतीमा समान ९.५०% बार्षिक ब्याजदर प्रदान गरेको छ ।