काठमाडौँ– अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ‘कोर्पोरेट लन्च अफर’ ल्याएको छ ।


ADVERTISEMENT


लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कर्पोरेट लन्च अफर ल्याएको हो । जसमा ग्राहकले हाललाई खाजा अर्डर गर्दा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यकाबासी व्यस्त हुने र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघि सारेको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

उनका अनुसार, काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लस्करले लक्ष्य लिएको छ ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर÷कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

काठमाडौँ उपत्यकाबासी व्यस्त हुने र अनलाइन ई–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएपछी लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघि सारेको हो ।

प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने ब्यबस्था रहेको लस्कर बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहेपनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ ।

ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर कोर्पोरेट लन्च अफरको बारेमा बझ्न सकिने प्रमुख कार्यकरी अधिकृत ओस्ती बताउँछन् ।
यसका साथै लस्कर फुडस अनुप्रयोग (एप) बाट आफूलाई मन पर्ने खाना खाजा मगाउन पनि सकिने उनको भनाई छ ।