काठमाडौँ – सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाका गतिविधिमाथि उठेका प्रश्नबारे छलफल गरेका छन् । फूलकोर्ट बहिस्कार गरेका १३ न्यायाधीशले सोमबार प्रधानन्यायाधीशको भूमिकाबारे समीक्षा गरेका हुन् ।


ADVERTISEMENT


न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा. विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्माले झण्डै २ घण्टाको छलफलपछि मंगलबार प्रधानन्यायाधीहलाई भेटेर संयुक्त राय दिने निष्कर्ष निकालेका हुन् ।


ADVERTISEMENT

# # #


पछिल्लो समय प्रधानन्यायाधीश राणाले मन्त्रीपरिषद् र संवैधानिक परिषद्का नियुक्तिहरुमा भागबण्डा खोजेको र उनकै कारण सिंगो न्यायालयको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै न्यायाधीहरुले असन्तुष्टी जनाउँदै छलफलमा जुटेका थिए ।

प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए । तर, १४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गरेका हुन् ।

पूर्णबैठक बहिष्कार गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्।

सर्वोच्चमा हाल प्रधानन्यायाधीसहित २० जना न्यायाधीशहरु रहेका छन् । जसमध्ये एक जना न्यायाधीश हाल अमेरिका र एक जना काठमाडौा उपत्यका बाहिर रहेका छन् ।