काठमाडौँ– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले यसै वर्षभित्र ‘युवासंग महालक्ष्मी लाईफ’ को कार्यक्रम आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


यहि कार्तिक ५ र ६ गते भएको राष्ट्रिय सम्मेलनबीच महालक्ष्मीले सो घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, उक्त कार्यक्रम कम्पनीका प्रत्येक शाखा र उपशाखाले आ–आफ्नो क्षेत्रमा गर्नेछन् ।

चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न उक्त सम्मेलनमा देशभरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आआफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल गरिएको थियो ।