काठमाडौँ– दक्षिण अफ्रिकाका गैर आवाशीय राजदूत जे एस डेबेलेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाण–पत्र पेश गरेका छन् ।


ADVERTISEMENT


डेबेलेले गत शुक्रवार राष्ट्रपति भण्डारी समक्ष ओहोदाको प्रमाण–पत्र पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त समारोहमा नेपाल स्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत श्री प्रदीप कुमार श्रेष्ठ र नयाँ दिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति रहेको थियो ।

नेपालको तिन दिने भ्रमणको अवसरमा राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसंंग द्विपक्षीय चासोका विषयमा भेट वार्ता गरेका थिए ।