दाङ- गत शनिबार सम्पन्न भएको नेकपा (एमाले) को १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् ।


ADVERTISEMENT

# # #


अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुन् ।

त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी छन् । उनी गृहिणी हुन् । यसैगरि, घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा भने टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छन् । उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् ।

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छन् । गोतामे निर्वाचित वडा सदस्य हुन् । गढवा गाउँपालिका– ४ मा सीता थापा भएकी उनी रेडक्रसकर्मी समेत हुन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी छन् ।शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित भएकी हो ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिकरुपमा सम्पन्न भएको बताए । रासस