काठमाडौँ – सरकारले बेमौसमी बर्षाका कारण बाढी र ढुवानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धान बालीमा भएको क्षतिको अध्ययन गरि तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले नेपाल बायु सेवा निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल प्रहरी र शसस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलव्ध गराउने निर्णय गरेको उनले बताए । बैठकले कोरोना प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीले बिभिन्न देशमा रिक्त राजदूत नियुक्ती चाडै गरिने जानकारी दिए ।