काठमाडौं – कांग्रेसले सातौंपटक महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले बैठकले १४औं महाधिवेशनअन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने गरी कार्यतालिका तयार पारेको हो ।


ADVERTISEMENT


अवरुद्ध कांग्रेस अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु हुने र केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म हुने बैठकले निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


तयार भएको कार्यतालिकाअनुसार यसअघि अवरुद्ध अधिवेशन प्रक्रिया २७ कात्तिकबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ मंसिरसम्म गर्ने तय भएको छ । यसअघि ९ देखि १३ मंसिरसम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका थियो ।

हालसम्म अधिवेशनअन्तर्गत ५१ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन क्षेत्र एउटा मात्र भएका पहाडी र हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

बाँकी १३ जिल्लामा भने वडा तहको अधिवेशनसमेत सुरु हुन सकेको छैन । रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद अझै टुंगिन सकेको छैन । कार्यतालिकाअनुसार काम नहुँदा छैटौँपटकको कार्यतालिकासमेत प्रभावित बन्न पुगेको थियो । नयाँपत्रिका दैनिकबाट ।