काठमाडौँ – जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनीय नभएको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले न्यायलयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए ।


ADVERTISEMENT


न्यायाधीशको नियुक्ति प्रक्रियामा त्रुटी भएकाले पहिदेखि नै स्वतन्त्र न्यायालयमा आघात पर्दै आएको बताए ।  उनले न्यायलयभित्रको विवाद न्यायलयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यस्तो प्रकारको विवाद आउनु लोकतन्त्रको निम्ति शोभनीय होइन । यो गम्भीर अनिष्टको संकेत हो । यसको निरुपण न्यायालयभित्रैबाट उहाँलरुले गर्नु सबैभन्दा राम्रो हुन्छ । तर, उहाँहरुले गर्न सक्नुभएन भने व्यवस्थापिकाले गर्ने आफ्नो काम गर्छ ।’

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीले न्यायलयको आन्तरिक विषयमा हस्तक्षेप गर्नु खोज्नु पानी धमिलाएर माछा मार्नु जस्तो भएकाले त्यसो नगर्नु नै ठिक हुने सुझाव दिए ।