काठमाडौँ – बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणा नेपाल भ्रमणमा रहको स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको टोलीले पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेको छ ।


ADVERTISEMENT


बिहीबार टोलीले ललितपुरको मंगलबजार पुगेर पाटन दरबार क्षेत्रको अवलोकन गरेको हो । टोलीलाई ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगाएले स्वागत गरेका थिए । स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो नेतृत्वको २४ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार नै काठमाडौं आएको हो ।


ADVERTISEMENT

# # #


प्रतिनिधिमण्डलमा स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन् । छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने बताइएको छ ।