काठमाडौँ– नेपालमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैँयाका दरले घटेको छ ।


ADVERTISEMENT


स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैँया तोकिएकामा बिहीबार प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैँया रहेकामा बिहीबार प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार भएकोे थियो ।

यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला पाँच घटेर रुपैँया एक हजार २४५ रुपैँया कायम भएको छ । चाँदी बिहीबार प्रतितोला  एक हजार २५० रुपैँयामा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम  ९२ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।