बाग्लुङ– राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका शिलशिलामा शनिबार ढोरपाटन जाने भएकी छन् ।


ADVERTISEMENT


प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन जाने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै ढोरपाटनमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ ।

‘अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउन लाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ’, प्रजिअ कार्कीले भने। राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ ।

राष्ट्रपति आउने भएपछि भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र शिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले शिकार को याम चलिरहेको छ ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ । पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । रासस