काठमाडौँ– नेपाल बार एशोसिएन अगाडि नै वकिलहरु बीच कुटाकुट भएको एक भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार बार परिसरभित्रै कुटाकुट भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल बार भित्रै कैद भएको उक्त भिडियोमा कानून व्यवसायीद्वय विराट न्यौपाने र भूमिनन्द चुडाल आपसमा भनाभन गर्दै कुटाकुट समेत गरिरहेको देख्न सकिन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

झगडापछि पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता चुडालले उक्त घटनासम्बन्धि आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताएका छन्, भने न्यौपानेले चाहिं ‘सामान्य विवाद भएको र कुरा मिलिसकेको’ भन्दै टार्न खोजेका छन् ।