काठमाडौँ – नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई–कमर्श एप स्मार्टडोकोले तिहारको अवसरमा ‘हाम्रो स्मार्ट तिहार’ अफर ल्याएको छ।


ADVERTISEMENT


स्मार्टडोकोले तिहारमा ग्राहकहरुलाई स्मार्टडोकोबाट सामसुङ बाल्ट्रा, अक्जेम्वर्ग, सीजी, टिपटप, ब्ल्याक एन्ड डेकर, होम्बुल, भर्जिन्स्, ल्यूमिनार्क जस्ता ब्रान्डका समानहरु खरिद गरेमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


स्मार्टडोकोले यस ‘हाम्रो स्मार्ट तिहार’ अफरमा ग्राहकहरूलाई इलेक्टर्निक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल, बेबी केयर र अन्य सामाग्रीहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको छ। ग्राहकहरुले यो अफरमा आफूलाई मनपर्ने विभिन्न उपहारहरु स्मार्टडोकोको वेबसाइट तथा एप बाट डाउनलोड गर्न सक्नेछन्।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी प्रोडक्टहरु छन्। ग्राहकले १० फरक वर्गका सामानहरु जस्तै कोभिड(ज्ञढका लागि आवश्यक सामग्री, फुड र ग्रोसरी, हेल्थ एण्ड ब्युटी, इलेक्ट्रोनिक्स, होम र लिभिङ, बेबी केयर र अन्य सामाग्रीहरुबाट खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले बिहान ११ बजे भन्दा अगाडि अर्डर गरेमा सोही दिन सामान पाउन सक्नेछन्।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोड भित्र निःशुल्क डेलिभरी र रिङरोड भन्दा बाहिर निकै कम शुल्क मा सामान डेलिभरी सुविधा पाउन सक्नेछन्।

यो अफर कार्तिक १२ गतेदेखि कार्तिक १६ गते सम्म मान्य हुनेछ।