काठमाण्डौं -रोल्पामा आफ्नै बाबुको हातबाट छोरी र दुई नातिनीको हत्या भएको छ । रोल्पा नगरपालिका-७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार २५ वर्षीय छोरी पबावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको हत्या भएको हो । छोरी पबावती बिरामी बाबुलाई भेट्न तीन दिनअघि मात्रै माइत आएकी थिइन् । माइत आएकी छोरी र नातिनीहरूको हत्या भएपछि गाउँ पूरै शोकमा डुबेको छ ।
पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँच्न सफल भएका छन् । लिलबहादुरले पत्नी र छोराको समेत हत्या गर्न तम्सिएका थिए । ‘बञ्चरो प्रहार गरेर छोरीको हत्या गरे । आमाछोरा मुस्किलले भागेर बाँच्न सफल भयौं’, कहालिदै हत्या आरोपी लिलबहादुरका पत्नी तिर्था भन्छिन् । आफ्नै सामुन्ने छोरी र नातिनीको हत्या भएको देखेकी आमा र छोरा विक्षिप्त बनेका छन् ।
परिवार र छिमेकीका अनुसार लिलबहादुरको मानसिक अवस्था बेलाबेलामा असन्तुलित हुने गरेको थियो। गत वर्ष बसबाट खसेर जेठो छोरा गोविन पुनको मृत्यु भएपछि उनको मानसिक अवस्था बिग्रिएको पारिवारको भनाई छ। चिन्तित अवस्थामा रहने उनी जाँड रक्सी खाइरहन्थे। आजको अन्नपूर्णबाट


ADVERTISEMENT