काठमाडौँ– नबिल बैंक र पोखरा विश्वविद्यालयबीच दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको निमित्त सम्झौता भएको छ ।


ADVERTISEMENT


बैंक र विश्वविद्यालयबीच बैंकले विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने सम्बन्धमा गत ९ कार्तिकमा सम्झौता भएको हो ।


ADVERTISEMENT

# # #


उक्त साझेदारी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताएका छन् । यस्तै, उद्यम गर्ने सोचसंगै त्यससम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उनको भनाई छ ।

यसैगरि, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको उक्त नयाँ सोचको प्रशंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामनासहित यसकानिमित्त विश्वविद्यालयको सदैवै सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

सो समारोहमा विश्वविद्यालयका विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न ब्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजिवी साथै बिईडी अन्तर्गतका उद्यमशील बन्न इच्छुक अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिंगको शुरुआत गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा समेत शुरु गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट सञ्चालन गरीे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकोे छ ।