काठमाडौं – सर्वसाधारण वीर अस्पतालमा साँढे दुई महिनादेखि सिटामोल र इमर्जेन्सीमा प्रयोग हुने इन्जेक्सनलगायत पाँच सयभन्दा धेरै प्रकारका औषधिको अभाव  हुँदा महँगो फार्मेसीबाट औषधि किन्न बाध्य छन्  ।


ADVERTISEMENT


अस्पतालको फार्मेसीमा औषधि नपाउँदा सर्वसाधारण निजी फार्मेसीमा महँगोमा किन्न बाध्य भएका हुन् ।


ADVERTISEMENT

# # #


स्मरणीय के छ भने मुलुककै राजधानीमा रहेको वीर अस्पतालमा देशका धेरै विपन्न नागरिकले उपचार गर्ने गर्दछन् । सोही अस्पतालमा सिटामोल र अत्यन्त आावश्यक  औषधिसमेत नहुँदा सर्वसाधारणको ढाड सेकिएको छ ।

सिटामोल र इमर्जेन्सी प्रयोगमा आउने एड्रेनलाइन तथा हाइड्रोक्रोटिसन इन्जेक्सन मात्रै होइन मधुमेहका बिरामीलाई दिइने मेटाफर्मिन, दमका बिरामीलाई आवश्यक फोराकर्ट रोटाक्याप पनि छैन । त्यस्तै, ग्यास्ट्राइटिसको औषधि पान्टोप्राजोल, उच्च रक्तचापका बिरामीले खाने अमोल्ड एल ट्याबलेट, नार्कोटिक्स र विभिन्न एन्टिबायोटिक्सहरूको पनि अभाव छ । केही औषधि साँढे दुई महिनादेखि त केही डेढ हप्तादेखि छैनन् ।

गत भदौयता अस्पतालले खरिदमा ढिलाइ गर्दा फार्मेसीमा औषधि सकिँदै गएको वीरका फार्मेसी प्रमुख सायमी मण्डलले बताए । ‘सबै रोगका लागि लगभग १५ सयभन्दा बढी प्रकारका औषधि उपलब्ध हुने गरेकोमा नयाँ आपूर्ति नहुँदा अभाव भएको छ । फार्मेसीमा क्रमशः सबै किसिमका औषधिहरू अभाव हुन थालेको छ,’ उनले भने, ‘औषधि आउन अझै एक–डेढ हप्ता लाग्न सक्छ ।’ नयाँ पत्रिका दैनिकबाट ।