काठमाडौं – नेपाली कांग्रेसले कात्तिक २७ गतेदेखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाउन लागिएको सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका लागि जिल्ला निर्वाचन अधिकृत छनोटको तयारी थालेको छ ।


ADVERTISEMENT


भदौ १८ देखि वडा अधिवेशन प्रक्रिया अघि बढाएको कांग्रेसले रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अझै टुंग्याउन सकेको छैन । जसका कारण यी दुई जिल्लाको तल्लो तहको अधिवेशन अझै अनिश्चित छ । हालसम्म अधिवेशन प्रक्रिया शुरु भएको ६३ जिल्लामध्ये ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन प्रक्रिया शुरु भएको जिल्लामध्ये १३ वटा जिल्लामा मात्र जिल्ला अधिवेशन सम्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएअनुसार मंसिर २४ देखि २६ सम्म महाधिवेशन सम्पन्न गर्ने गरी संशोधित नयाँ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउन वडा अधिवेशन गर्नुपर्ने १२ जिल्लामा २२ गतेसम्म जिल्ला निर्वाचन अधिकृत खटाइनेछ ।

क्रियाशील सदस्यता विवादका कारण अझै पनि अनिश्चित बनेको दुई जिल्लाको विवाद पनि चार दिनभित्र टुंगिने दाबी गर्दै संयोजक यादवले भने, ‘क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले चार दिनभित्र विवाद समाधान गरी रसुवा र रोतहटको क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई उपलब्ध गराउने बताउनुभएको छ ।’