काठमाडौँ– सोमबार भारतीय राजदूतावासमा छैठौँ आयुर्वेद दिवस मनाइएको छ ।


ADVERTISEMENT


दूतावासमा आयुर्वेद दिवसको पुर्वसन्ध्यामा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताह’ को आयोजना गरी मनाइएको हो ।


ADVERTISEMENT

# # #


सो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरी मनाउन गइरहेको आजादीको अमृत महोत्सवको एक हिस्साको रूपमा आयोजना गरिएको हो ।

उक्त सप्ताहव्यापी उत्सवमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरिएको थियो । जसमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसाल, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा डा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा शिव मंगल प्रसाद र भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारको समेत उपस्थिति रहेको थियो ।

यसैगरि वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।